अबैध निर्वाचन समितिले गराउने चुनावमा सहभागी नहुन पूर्वअध्यक्षहरुको सयुक्त अपिल

बैशाख ८, २०७८ मा प्रकाशित | 1036 views

नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको जिल्ला अधिवेशन पछि तय भएको नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समितिको चुनाव तत्कालको लागी रोकेर सहमतिको आधारमा अघि बढाउन पूर्वअध्यक्षहरुले आग्रह गरेका छन् । पत्रकार महासंघ नुवाकोटका दुई कार्यकालको सफल जिम्मेवारी पूरा गर्नुभएका पूर्वअध्यक्ष राजुमित्र खनाल र निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले सयुक्त अपिल पत्र जारी गर्दै बैशाख ८ मा गराउन लागेको चुनाव निश्पक्ष नहुने देखिएको भन्दै यसमा सहभागी नहुनको लागी मतदाता पत्रकारहरुलाई आग्रह गरेका छन् । अध्यक्षद्धयले बैशाख ७ मा जारी गरेको विज्ञप्ती अनुसार अहिलेको निर्वाचन समिति अबैध ठहर भैकसककेको, कुनै व्यक्ति विशेषलाई चुनाव जिताउन केन्द्रित भएर निर्वाचनलाई गरिमालाई बिर्सदै अबैध काय गरेको हुदाँ यो निर्वाचन समिति विघठन गरेर अर्को समिति गठन र सम्पूर्ण पत्रकार र उनीहरु अबद्ध सघसंगठनबीचको सहमतिको आधारमा शान्तिपूर्ण निश्पक्ष र धाधली रहित चुनाव गराउने वातावरण बनाउनको लागी अपिल गरेका छन् ।

गत चैत २५ गते भएको जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधि परिषद् सदस्यको चुनवामा मतपत्रमा संकेत नं. उल्लेख गरिएको लगायतका कैफियत पाइएसगैँ चुनावमा बिजयी भएको स्वःघोषणा गरेकालाई केन्द्रीय निर्वाचन समितिले अबैध ठहर गरिदिएसगैँ पुनः सोही समूहले यही बैशाख ८ मा अबैध निर्वाचन समिति मार्फत जबरजस्ती चुनाव गराउन लागेपछि पूर्वअध्यक्षहरुले यस चुनावमा भाग नलिन र यस चुनाव निश्पक्ष नहुने देखिएको बताएका छन् । बैशाख ८ को लागी तोकिएको चुनाव सहमतिको आधारमा अघि बढाउन र अबैध निर्वाचन समिति खारेज गरेर अर्को समिति गठन गर्न अध्यक्षका उम्मेदवार नारायणप्रसाद नेपाल,  अर्को प्यानलबाट उपाध्यक्षका उम्मेदवार रहेका प्रेस युनियनका अध्यक्ष नमराज सुवेदी लगायतले आग्रह गर्दै आएका छन् । उनीहरुको आग्रह अस्वीकार गर्दै अघि बढेपछि ती उम्मेदवारको प्यानल सहित प्रेस युनियन पदाधिकारी, पूर्वअध्यक्षहरुको उपस्थितीमा मंगलबार पत्रकार महासंघ नुवाकोटको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा ताला समेत लगाइदिएका छन् । यो सगै बैशाख ८ मा एकपक्षीय रुपमा गर्न लागेको चुनाव नहुने निश्चित भएको छ ।

हेर्नुहोस् पूर्वअध्यक्षहरुको सयुक्त अपिल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web