काठमाडौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगकाे खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
प्रतियाेगिताकाे चाैथाे खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चाैका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे ।
प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलाे खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दाेस्राे खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए ।
नेपालले दियाे नेदरल्याण्ड्सलाई २०७ रनकाे लक्ष्य :
नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई दुई सय सात रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएकाे हाे ।
नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनकाे याेगदान गरे । त्यस्तै साेमपाल कामीले अविजित २१ रन बनाए ।
नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई/दुई विकेट लिए । प्रतियाेगितामा नेपालले यसअघिका दुई वटै खेल जितेकाे छ । याे खेल जितेमा नेपाल एक खेलअघि नै फाइनलमा पुग्नेछ ।
17.12¡ÆC