त्रिशूली । नेकपा माओवादी केन्द्रको भातृ सँस्था योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)को नुवाकोटको संगठन विस्तार गरिएको छ ।

माओवादी केन्द्रको भातृ सस्थाहरु मध्ये युवाहरुको संलग्तना रहेको, परिचालनमा अग्रपक्तिमा खटिने प्रभावशाली संगठन वाईसीएल ब्युताएसगैँ नुवाकोटको इञ्चार्ज र संयोजक चयन गर्दै सदस्य विस्तारको जिम्मेवारी पाएसगैँ जिल्ला बैठकले जिल्ला कमिटी, नुवाकोट–काठमाडौ सम्पर्क कमिटी र पालिकाहरुको इञ्चार्ज र संयोजक चयन गरेको हो । ढुङ्गेमा बुधबार भएको वाईसीएल आयोजक कमिटीको बैठकले जिल्ला संयोजक दिनेश बोगटीको नेतृत्वमा ६४ सदस्य रहेको नयाँ कमिटी गठन गरेको हो ।

यसैगरी, नुवाकोट–काठमाडौ सम्पर्क कमिटीको संयोजकमा भैरव कार्कीलाई चयन गरेको छ भने बाह्रवटै पालिकामा इञ्चार्ज र संयोजक सचन गर्दै अब पालिकाहुदै वडातहसम्म नै कमिटी विस्तार अभियान चलाइने वाईसीएल नुवाकोटका संयोजक दिनेश बोगटीले जानकारी दिनुभएको छ ।

संगठन विस्तार भएसगैँ अब पार्टीलाई चलायमान बनाउनको लागी आवश्यक पर्ने युवा शक्तिको आवश्यका पूरा गर्नदेखि राजनीतक तथा सामाजिक क्षेत्रमा युवा परिचालन गर्नको लागी वाईसीएल नुवाकोट तयार रहेको संयोजक दिनेश बोगटीले बताउनुभएको छ ।

वाईसीएल नुवाकोटको आयोजक कमिटीको बैठकमा पार्टी अध्यक्ष हिरानाथ खतिवडा, बागमति प्रदेस कमिटीका सदस्य पुष्प लामिछाने, रामप्रसाद ढुङ्गाना, शुभद्रा नेपाल, वाईसीएल बागमति प्रदेश कमिटीका संयोजक राजन गौतम, नुवाकोट इञ्चार्ज सुरज लामा लगायतको उपस्थिती रहेको थियो ।

17.12¡ÆC