नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाको आयोजनामा पालिकास्तरीय जुनियर रेडक्रस सर्कल र शिक्षक नायकहरुको गोष्ठि गरिएको छ ।

नुवाकोटमा रहेका रेडक्रसको विभिन्न २२ वटा उपशाखाहरु मध्ये जुरेस र शिक्षक गोष्ठि गर्ने पहिलो शाखाको रुपमा रेडक्रस पञ्चकन्या उपाशाखाले मातहतमा रहेका जुनियर रेडक्रस सर्कल र शिक्षक नायकहरुको गोष्ठि शुक्रबार सम्पन्न गरेको छ । पञ्चकन्यया गाउँपालिकाको वडानं २ कालिका माध्यामिक विद्यालयमा आयोजना गरिएको गोष्ठिको उद्घाटन समारोहमा गाउँपालिकाको अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले रेडक्रसको अभियानलाई विद्यालयतह हुदै गाउँ र वस्तीसम्म पुराउन विद्यार्थीको भूमिका प्रभावकारी हुने भएकाले यसलाई सक्रिय र क्रियाशिल बनाउन गोष्ठिले सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।

यसैबीच, गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाको उपाध्यक्ष सिता खड्काले मानवीय सेवाको लागी क्रियाशिल सँस्था रेडक्रसले विपद् सहित स्वास्थ्य, शिक्षा सहित मानवीय जीवनमा पुराएको योगदानलाई आगामी दिनमा निरन्तर अघि बढाउन सुझाब दिनुभएको छ ।

सहभागी भएका जुनियर रेडक्रस सर्कल र शिक्षक नायकहरुलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रका उपनिर्देशक शिवराम गौतम, रेडक्रस नुवाकोटका कार्यबहाक सभापति निरञ्जनप्रसाद आचार्य, मन्त्री हरि श्रेष्ठ, उप–कोषाध्यक्ष एंव स्वास्थ विभाग प्रमुख उद्धव शर्मा रिजाल, ‘प्राथमिक उपचार’ प्रशिक्षक एंव रेडक्रस काहुले शाखा सदस्य रबिन्द्रनाथ न्यौपाने लगायतले रेडक्रसको मूल्य, मान्यता र सिद्धान्तका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

जिल्लामै पहिलो पटक जुनियर रेडक्रस सर्कल र शिक्षक नायकहरुको गोष्ठि मार्फत उनीहरुलाई दक्ष, क्षमतावान र रेडक्रसको अभियन्ताको रुपमा काम, कर्तव्य, अधिकार र जिम्मेवारी सहित समुदायमा रेडक्रसको गतिविधि चलाउन परिचालन गरिने नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाका सचिव ज्ञानेन्द्र गिरीले जानकारी दिनुभएको छ ।

सहभागीलाई विपद् लगायतका माहामारीको समयमा परिचालन हुन, रक्तदातालाई प्रोत्साहन जगाउन, मौसम परिवर्तन, सडक सुरक्षा, ब्याबहार परिवर्तन, सामुदायिक उत्थानशिलताको प्रबद्र्धन, अव्यवस्थित बसाईसराईको नियन्त्रण, मानब बेचविखन एंव महिला हिंसा न्युनिकरण र बालबालिका संरक्षण लगायतका गतिविधि विद्यालयदेखि घरवस्तीसम्म पुराउन प्रशिक्षण प्रदान गरिएको पञ्चकन्या उपाशाखाका सभापति बालकृष्ण पराजुलीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष धुव्र मिश्र, वडा नं. ३ का वडाध्यक्ष रामबाबु पराजुली, वडा नं. ५ का वडाध्यक्ष डिल्लीबहादुर थापा ‘मधु’ लगायतको उपस्थिती रहेको थियो ।

18.33¡ÆC