विदुर । महाशिवरात्री पर्वको अवसरमा नुवाकोटको विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पूजाआरधना तथा भजन किर्तनको साथ मनाइएको छ । किस्पाँङ गाँउपालिको वडा नं. ५ मनकामनामा रहेको शिव मन्दिरमा बिहीबार दिनभर मेला लाग्दै यसवर्षको शिवरात्री पर्व मनाइएको हो ।

स्थानीय भक्तजनहरुको उल्लेख्य उपस्थितीमा लागेको मेलामा पूजापाठ, दिप प्रज्वलन, भजन किर्तन गरिएको छ । यस्तै विदुर नगरपालिका वडा नं १३ कल्याणपुरमा रहेको शिव मन्दिरमा शिवको पूजाआरधना एवं प्रसाद ग्रहण गरि शिवरात्री पर्व मनाइएको छ । कल्याणपुरका स्थानीय धर्मालम्वीहरुले मन्दिर वरिपरी सरसफाई गरी शिवरात्री पर्वको अवशरमा पूजा आरधना तथा धार्मिक साँस्कृतिक कार्यक्रम पनि गरिएको छ ।

शिवरात्री पर्वको अबशरमा तारकेश्वर गाँउपालिकाको तारुका स्थित शिवालयमा रहेको शिव महादेवको मन्दिरमा पनि विशेष पूजा आरधना गरेर मेला सम्पन्न गरिएको छ । तारुकाको विभिन्न स्थानबाट सहभागि भएका भक्तजनले बिहीबार बिहानैदेखि पूजा गरी शिवरात्री पर्व मनाएका छन् ।

तारकेश्वर गाउँपालिकाको वडा न. ४ भञ्याङखर्कमा रहेको शिव मन्दिरमा पूजाआरधना गरिएको छ । यस्तै, वडा नं. ५ स्थित कल्लेरीडाँडाको शिव मन्दिरमा स्थानीयबासीले पूजाआरधना सहित भजनकिर्तन तथा शिवगाथा गाएर शिवरात्री पर्व उल्लासको साथ मनाएका छन् ।

यस्तै, शिवरात्री पर्वको अबसरमा यता, लिखु गाँउपालिकाको खानीगाँउ स्थित माझीपानीमा रहेको शिवालय मन्दिरमा भजन किर्तन तथा पूजाआराधना गरिएको छ । शिवरात्रि पर्वको अबशरमा बिहीबार दिनभर मेला लागेको स्थानमा साँझपछि धुनी जगाएर त्यसलाई शिवधुनीको रुपमा गएरातभर नै भक्तजनहरु भजनकिर्तन सहित नाचगान गरेर जाग्राम बस्दै यस वर्षको शिवरात्री पर्व मनाइएको हो ।

25.7¡ÆC