नेपाली सेनाले मनायो स्थापना दिवस

फाल्गुन २८, २०७७ मा प्रकाशित | 1255 views

विदुर । नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाएको छ । नेपाली सेनाले मुलुकभर आफ्नो स्थापना दिवस विभिन्न कला–कौशलक तथा सामाजिक सेवाका कार्य गरेर बिहीबार मनाएको हो ।

दिवसको अवबशरमा नेपाली सेनाले काठमाडौको टुडिखेलमा महाशिवरात्री पर्व तथा सैनिक दिवसको विशेष कार्यक्रम समेत गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाले आयोजना गरेको विशेष समारोहमा नेपाली सेनाले विभिन्न कला–कौशल तथा परेड प्रस्तुत गर्ने, तोप, बढाइँ, कवाज, आतसबाजी लगायतको प्रस्तुती देखाएको थियो । नेपाली सेनाले महाशिवरात्री पर्वको दिन नै आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

दिवसको अबसरमा नेपाली सेनाको जङ्गी अड्डा मातहत रहेका मुलुकभरका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, अड्डा, गण, गुल्म लगायतका निकायमा समेत नेपाली सेनाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा नेपाली सेनाले काठमाडौको सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा लगायतको समेत सहभागिता रहेको थियो ।

समारोहमा नेपाली सेनाले हेलिकप्टर मार्फत नेपला राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन र पुष्पगुञ्छा अर्पण गरिएको थियो ।

नेपाली सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकी देखाउनेक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

यो सगैँ आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी गर्दै राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता जनाएको लगायतका जानकारी समेत गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web