विदुर । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सातौँ अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बिहीबार सम्पन्न भएको अधिवेशन मार्फत बरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन भएका छन् ।

यस्तै, महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डाक्टर रामहरि त्रिपाठीले जानकारी दिनुभएको छ ।

खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फबाट लाङटाङ एफएमको गीता न्यौपाने र प्रदेश केन्द्रीय सदस्य तर्फ बागमती प्रदेशबाट नुवाकोट एफ.एमका प्रतिनिधि अनुजकुमार श्रेष्ठ बिजयी भएका छन् ।

आफ्नो पूरै प्यालन बिजयी भएसगैँ अकोराबको अध्यक्ष अर्जुन गिरीले आगामी दिनमा सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरूको हितको लागी अघि बढाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

अध्यक्षमा निर्वाचित हुनुभएका अर्जुन गिरी दाङ जिल्लाको रेडियो तुलसीपुरमा कार्यरत रहनुभएको छ भने उहाँ यसअघि अकोराबको बरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।

अकारोबको सातौ महाधिवेशन गएको वर्ष नै गर्नुपर्ने भएपनि कोरोना रोगको जोखिमको कारण स्थागित गरेर यो वर्ष गरिएको हो । यसअघिका अध्यक्ष सुवास खतिवडा र महासचिव गोबिन्द देवकोटाले अहिलेको चुनावमा आफूहरु पुनः बिजयी हुन नसक्ने अबस्था देखिएको भन्दै यो पटक पनि अधिवेशन स्थागितको घोषणा गरेपछि बहुमत पदाधिकारीले उनीहरुलाई कारबाही गर्दै महाधिवेशन सम्पन्न गरेको हो ।

17.86¡ÆC