विदुर । नुवाकोटको बिदुर नगरपालिका वडा नं १० को वडा कार्यालयको भवन निर्माण सम्पन्न भएसगैँ नयाँ भवनबाट सेवा दिन थालिएको छ ।

गएको वर्षको फागुन दोश्रो साता शिलान्यास गरिएको भवनको एक वर्षमा निर्माण पूरा भएसगैँ नयाँ भवनबाट सेवा दिन सुरु गरिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिनुभएको छ ।

करीब ३२ लाख रुपैयाँ लगानी निर्माण व्यावसायी मार्फत बनाइएको भवन गएको आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना रोगको सक्रमणको कारण काम प्रभावित भएसगैँ लक्ष्य भन्दा केही ढिलाई गरेर नयाँ भवनको निर्माण सम्पन्न भएको हो ।

यसअघि भाडाको घरबाट सञ्चालनमा रहेको वडा कार्यालयको नयाँ बनेको भवनमा भूकम्प तथा बहुविपद् प्रतिरोधी चारकोठा रहेका छन् । नयाँ भवन मार्फत सेवाग्राहीलाई सहज रुपमा सेवा दिन, कार्यालयका कागजपत्र तथा लगत सुरक्षित रुपमा व्यावस्थापन गर्न सहजता पुगेको छ ।

23.32¡ÆC