“चौथो दुप्चेश्वर कप भलिबल प्रतियोगिता” सुरु

फाल्गुन २८, २०७७ मा प्रकाशित | 2382 views

विदुर । “रास्ट्रका लागि खेल : अनि स्वास्थ्यका लागि खेल” अभियान चलाउदै आएको नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा अन्तरपालिका तथा क्लबको सहभागितामा “चौथो दुप्चेश्वर कप भलिबल प्रतियोगिता” सुरु भएको छ ।

दुप्चेश्वर माध्यामिक बिद्यालय रामतीमा बिहीबारदेखि सुरुभएको प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री डाक्टर रामशरण महतले उद्घाटन गर्नुभएको हो ।

“खेलकुदमा प्रोत्साहन : दुप्चेश्वरको अभियान” भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा पहिलो हुने समूहले एक लाख, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १० हजार रुपैयाँ पुरस्कार राशी राखिएको आयोजक दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । 

प्रतियोागिता अन्तरगत बिहीबार आयोजित उद्घाटन खेलमा आयोजक दुप्चेश्वर गाउँपालिकाले सूर्यगढीलाई, तादी गाउँपालिकाले जन–जागरुक युवा क्लब गाउँखर्कलाई र पञ्चकन्या गाउँपालिकाले मंगोल युवा क्लब छेपारलाई हराएको थियो । नुवाकोट जिल्लाको विभिन्न पालिका तथा क्लबहरुको सहभागिता रहेको प्रतियोगिता नकआउट र लिग चरण अन्तरगत खेलाइने सहआयोजक दुप्चेश्वर युवा क्लबका सल्लाहकार श्रीकृष्ण पण्डितले जानकारी दिनुभएको छ । उहाँको अनुसार सहभागी टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ । 

बिहीबारदेखि सुरु भएर २९ गते शनिबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काग्रेसका युवा नेता रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, सूर्यगढी गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले, तादी गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डे लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web