ककनी । नुवाकोट–काठमाडौ आउजाउ गर्ने सबैभन्दा पुरानो सडक ‘बालाजु–ककनी–त्रिशूली’ सडक तत्कालै कालोपत्रे गर्न मागगर्दै ककनीका सचेत युवाहरुले काठमाडौको फोहर बिसर्जनमा अबरोध लगायका बिरोधका कार्यक्रम घोषणा गरेका छन् ।

‘पासाङ्ग ल्यामु राजमार्ग कालोपत्रे दबाब अभियान–सचेत नागरिक’ नामक युवाहरुको समूहले आगामी चैत १ गतेदेखि काठमाडौको तिनपिप्लेमा बसेर काठमाडौ उपत्यकाको बिसर्जन गर्न ल्याएको फोहर ल्याउन नदिने चेतावनी दिएका छन् । समूहले मंगलबार ककनी गाउँपालिकाको विभिन्न वडा, संघसस्था, समूह तथा सम्बद्ध पक्षहरुलाई पत्राचार गर्दै चैत १ गतेबाट उपत्यकाको फोहर बिर्सजन अनिश्चित समयसम्म गर्नको लागी एक जुट हुन आह्वान गरेको छ ।

‘पासाङ्ग ल्यामु राजमार्ग कालोपत्रे दबाब अभियान–सचेत नागरिक’ समाजले गएको वर्ष पनि सडकको स्तरउन्नती र कालोपत्रे गर्न दबाब दिदै सडकमै रोपाई जात्रा गरेको थियो भने अन्य रचनात्मक कार्यक्रम समेत गरेर बिरोध जनाएको थियो । केही समयअघि नुवाकोटका तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सैलुङ्ग कम्पनीका ठेकेदार शारदाप्रसाद अधिकारी काममा फर्कदै काम अघि बढाएको बताउनुभएको थियो । तर, ठेकेदारले काठमाडौ तर्फको केही स्थानमा काम गरेको जस्तो भएपनि त्यसपछि सम्पर्क बिहिन भएसगैँ सडक विस्तार नहुदाँ पीडित बन्न पुगेका स्थानीयबासीले थप आन्दोलनको घोषणा गरिएको ‘पासाङ्ग ल्यामु राजमार्ग कालोपत्रे दबाब अभियान–सचेत नागरिक’ समाजका संयोजक आदित्य श्रेष्ठले जानकारी दिनुभएको छ ।

सडक स्तरउन्नती र कालोपत्रेको लागी पाच वर्षअघि जिम्मेवारी लिएको ठेकेदार कम्पनीले सडक भत्काएर छाडेपछि अहिले ‘बालाजु–ककनी–त्रिशूली’ बिजोग अबस्थामा रहेको छ । ७२ किलोमिटरको दुरी पार गर्न यसअघि करीब तीन घण्टा लाग्ने गरेकोमा अहिले सडकमा खाल्डाखुल्डी र हिलो तथा धुलोको कारण दोब्बर भन्दा बढी समय लाग्ने गरेको छ । त्रिशूलीबाट काठमाडौ जान टोखा र गल्छीहुदै सहज सडक बनेसगैँ ककनीहुदै काठमाडौजाने सवारीसाधन बन्द जस्तै अबस्थामा पुगेको छ ।

२०२० सालदेखि सुरु भएर २०७० सम्म ५० वर्षभन्दा बढीको अवधि जिल्लाको एकमात्रै सडकको रुपमा सञ्चालित रहेको ‘बालाजु–ककनी–त्रिशूली’सडक खण्ड स्तरउन्नती गर्ने भन्दै क्षतिग्रस्त बनाएसगैँ सवारीसाधन चल्न नसक्ने अबस्थामा रहेका छन् । यसबाट ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा रहेका होटल, पर्यटन, कृषि क्षेत्र ठप्प हुन पुगेको छ ।

त्यसक्षेत्रका यात्रुहरु पनि सवारीसाधन नपाउदाँ कष्ट सहन देखि बिरामी बोक्ने एम्बुलेन्स सेवा सडकमै अडक्दा बिरामीले नै ज्यान गुमाउन बाध्य भएको स्थानीयबासीले गुनासो गर्दै आएका छन् ।

नुवाकोट र रसुवाको लागी एक मात्रै सडकको रुपमा रहेको ‘बालाजु–ककनी–त्रिशूली’ सडक अहिले बिजोग अबस्थामा रहेकाले मर्मतसम्भारको लागी सम्बन्धित पक्षको ध्यान नदिएको ककनी गाउँपालिका वडा नं.६ का राजनीतिज्ञ तथा समाजसेवी डिबी लामाले गुनासो गर्नुभएको छ ।

17.98¡ÆC