नुवाकोटमा मानव बेचविखन तथा ओसारपसारका अपराध न्युनिकरण

फाल्गुन २६, २०७७ मा प्रकाशित | 2327 views

विदुर । नुवाकोटका जनप्रतिनिधिहरुले मानव बेचविखन तथा ओसारपसारका घटनाक्रम रोकिदै आएको बताएका छन् । नेपाल महिला घेदुङको आयोजनामा विदुरमा भएको अन्तरक्रियामा सम्बोधन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्थानीय सरकारको स्थापना, निर्वाचित जनप्रतिनिधिको उपस्थिती तथा समाजिक संघसँस्थाहरुको सक्रियताले नुवाकोटमा मानव बेचविखनका घटनामा कमी आएको बताउनुभएको छ ।

संघसँस्थाहरुले समाजको वस्तुस्थिती तयार गर्दै उत्पन्न समस्याको समाधानको लागी स्थानीय सरकारले देखाएको सक्रियता तथा अपराध रोक्न चालेको अभियानले नुवाकोटका दुर्गम क्षेत्रबाटहुदै आएका अपराधका घटनामा न्युनिकरण हुदै आएको जिसस नुवाकोटका प्रमुख तामाङले बताउनुभएको हो ।

मानव बेचविखन तथा ओसारपसारको अहिलेको अबस्थाको सम्बन्धमा शिक्षा र सिप दिनसक्यो भने बेचविखनका घटनालाई न्युनिकरण गर्न सकिने किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले बताउनुभएको छ ।

गाँउबासीलाई विदेश जानबाट रोक्नको लागी शिक्षा र सिप दिएर स्वरोजगार बनाउन सकियो भने बेचविखन मात्रै नभई अन्य धेरै किसिमका अपराध रोक्न सकिने भएपनि बजेट र कानूनको अभावको कारण लक्ष्य अनुसारको उपलब्धि भने हासिल गर्न नसकेको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले स्वीकार गर्नुभएको छ ।

कार्यक्रममा म्यागङ गाउँपालिकाको उपाध्यक्ष शान्ति लामाले ‘मानव बेचविखन तथा ओसारपसार’को घटनामा तामाङ सहित कमजोर वर्गका समुदाय बढी पीडित हुने भएकाले उनीहरुको भाषा, धर्म, सस्कृति एंव रहनसहन मार्फत सचेतना बृद्धि गराई अपराध रोक्नको लागी आफूहरु सक्रिय भएर लागिरहेको बताउनुभएको छ ।

कार्यक्रममा नेपाल महिला घेदुङका केन्द्रीय उपाध्यक्ष मनकुमारी तामाङले नुवाकोटमा केही समयअघिसम्म मानव बेचविखन तथा ओसारपसारको अपराध बढिरहेको तथ्याङ्क रहेकोमा क्रमशः घटाउदै आएको देखिएकाले यसलाई शुन्यमा ल्याउन अझै बढी शसक्त रुपमा भूमिका निर्वाह गर्न जिल्लाका सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा मानव बेचविखन तथा ओसारपसारको नियन्त्रणको क्षेत्रमा क्रियाशिल रहेका संघसस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतले घटनामा कमी आएसगैँ केही अपराधका स्वरुप भने फेरिदै गएको हुनसक्ने भएकाले आगामी दिनमा अझै बढी जागरुक र सचेत हुनुपर्ने सुझाब दिएका छन् ।

नेपाल महिला घेदुङले आयोजना गरेको कार्यक्रमको स्थानीय व्याबस्थापन फोनिज नुवाकोटले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web