नुवाकोटमा कोरोनाको सक्रिय सक्रमित दुई जना मात्रै

फाल्गुन २६, २०७७ मा प्रकाशित | 1114 views

विदुर । पछिल्लो २४ घण्टामा नेपालमा ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नुवाकोटमा अहिले कोरोनारोगको सक्रमितको सङ्ख्या दुई जनामात्रै रहेका छन भने पछिल्लो एकसातादेखि नयाँ सक्रमित थप नभएकाले अब जिल्ला कोरोना सक्रमणमुक्त हुने अबस्थामा पुगेको छ ।

यसैबीच, पछिल्लो चौविस घण्टाको अवधिमा देशभरबाट ६० जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।

मुलुकभर ८ सय ७० जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २१ लाख ९९ हजार ९ सय ५० पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web