विदुर । भाषा आयोगले यसै वर्ष पालिकागत सरकारी कामकाजको भाषा सिफारिस गर्ने भएको छ । आयोगले अध्ययन गरी प्रदेशगत सरकारी कामकाजको भाषा किटान गरिसकेको र सरकारलाई बुझाउन बाँकी रहेको जनाएको छ । संविधानमा व्यवस्था भए अनुसार आयोग गठन भएको पाँच वर्षभित्र संघ, प्रदेश र स्थानीय सरकारी कामकाजको भाषा तथा लोपोन्मुख भाषाहरूको स्थितिबारे प्रतिवेदन बुझाउने पर्ने बताईएको छ ।

आयोग गठन भएको अवधि यसै वर्ष पूरा हुन लागेकाले चालू आर्थिक वर्ष सकिएलगत्तै सिफारिस गर्ने आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले जानकारी दिनुभएको छ ।

17.77¡ÆC