विदुर । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नारा सहित विश्वभर १११औँ अन्तराष्ट्रिय नारी दिवस नेपाल सहित विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।

समयसान्दर्भिक तथा सामाजिक वस्तुस्थिती अनुसार महिलाहरुले लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धिमा चेतना बृद्धि लगायतका सचेतनाको कार्यक्रम गरेर मनाएका छन् ।

दिवसको अवसरमा शीर्ष नेताहरुले शुभकामना दिदै महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व सफलताको कामना गरेका छन् ।

महिलाहरुको हक–अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष मार्च ८ तारिखको दिन विश्वभर अन्तराष्ट्रिय महिला दिवस मनाइने गरिएको छ ।

महिलाहरुको सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हक–अधिकार सुनिश्चित गर्न आवश्यक रहेको भन्दै विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो ।

महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा अगाडी बढाउन सहयोग पुग्ने उद्देष्यले केही वर्ष अगाडीसम्म दिवसको दिनमा नारीहरुलाई मात्रै बिदा दिने गरेकोमा पछिल्लो वर्षहरुमा भने सबैको लागी सार्वजनिक बिदा नै दिएर मनाउन थालिएको हो ।

17.8¡ÆC