विदुर । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरस्तरीय अन्तरक्रिया तथा प्रभातफेरी र कोणसभा गरेको छ । नगरपालिकाको विभिन्न वडाबाट -याली तथा प्रभातफेरी सहित नगरपालिकाको कार्यालय बाघखोरमा भेला भएका नारीहरुले आधुनिकता र सभ्य समाजमा पनि हिंसाका घटनामा कमी नआएको भन्दै समाजमा सचेतना र जागरुकताको अभाव रहेको बताएका छन् ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाले लक्षित बर्गको लागी छुट्टाएको बजेटको सही कार्यान्वयन गर्दै महिला सशक्तिकरण तथा आर्थिक रुपमा उपार्जनको लागी क्षमतावान बनाउन सहयोग पुराउने बताउनुभएको छ । उहाँले लक्षित बर्गको रुपमा बिनियोजित भएको बजेटको महिला तथा बालबालिका एंव ज्येष्ठ नागरिकको लागी तोकिएको अनुसार नै योजना तथा कार्यक्रम चलाउन एंव त्यसको प्रभावकारिताको मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ ।

नारीहरुको लागी एक दिनको दिवसलाई मात्रै विशेष रुपमा भन्दा पनि नगरले सधै महिलामैत्री सेवाप्रवाह सहित विकास निर्माण, सहभागिता, प्रतिस्पर्धा तथा अवसरमा प्राथमिकता दिदै आएको उपप्रमुख कविता ढुङ्गानाले बताउनुभएको छ ।

संघीयता कार्यान्वयन तथा अहिलेको संबिधानले महिलालाई पुरुष सरह प्रतिस्पर्धामा ल्याउन आरक्षण प्रणालीदेखि जनप्रतिनिधिको लागी अनिवार्य पदीय व्यावस्था गरेसगैँ अवसर पाएको तर, त्यसको सदुपयोग गर्न नपाएकाले त्यसको लागी नारीहरुमा नै जागरुकता र क्षमता बृद्धिको आवश्यकता रहेको उपप्रमुख कविता ढुङ्गानाले बताउनुभएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख विन्दिया राजभण्डारीले कानून र कर्मचारी अभावको कारण लक्षित उद्देष्य पूरा गर्न कठिनाई भएपनि नगरपालिकाले प्रवाह गर्दै आएको सेवा निकै उत्कृष्ठ भएको जानकारी गराउनुभएको छ ।

कार्यक्रममा सहभागी हुन नगरपालिकाको १३वटैँ वडाका उक हजार भन्दा बढी नारीहरु -याली र प्रभातफेरीको साथमा बाघखोरमा भेला भएका थिए ।

कार्यक्रमका वक्ताहरुले अहिलेको आधुनिक समाजमा पनि अझै घरेलु हिंसा, महिला हिंसा, दुव्र्यबहार तथा समानताको प्रतिस्पर्धामा पछाडी पर्नुपर्ने अबस्था आएकाले सरकारले त्यस्ता अपराधका घटनामा बानी परिवर्तन गराई भावनात्मक रुपमा नारी प्रतिको सम्मानको दृष्टिकोण बनाउन सक्नुपर्ने बताएको नेपाल आदिवासी जनजाती युवा परिषद्का अध्यक्ष सूर्यबहादुर तामाङले जानकारी दिनुभएको छ ।

यसैबीच, अन्तराष्ट्रिय नारी दिवसको अवसरमा किस्पाङ गाउँपालिकाले प्रत्येक वडाहरुबाट प्रभातफेरी र -याली सहित वडा नं .३ स्थित काहुलेमा रहेको बसर्पाकमा भेला भएका पाचसय भन्दा बढी सरोकारवालाहरुको सहभागितामा दिवस मनाएको छ । -याली पछि आयोजित सभालाई गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामा, उपाध्यक्ष मायादेवी न्यौपाने, वडा नं .३ का वडाध्यक्ष अमृतमान तामाङ, ५ का वडाध्यक्ष नरहरी भट्ट लगायतले सम्बोधन गर्नुभएको थियो ।

यता, तारकेश्वर गाउँपालिका भने पालिकास्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । प्रतिस्पर्धामा शंखादेवी माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययनरत खुसी तामाङ उत्कृष्ट हुनुभएको छ ।

24.59¡ÆC