विदुर । प्रचण्ड–माधव पक्षका नेताहरु आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेका छन् । पेरिसडाँडामा आज अपरान्ह बसेको सो पक्षको स्थायी कमिटी बैठकले पूर्व नेकपा (एमाले) पक्षका नेताहरु पुरानै घर एमालेमा र तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेताहरु सोही पार्टी व्यूँताउने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी ऋषिराम कट्टेललाई दिने आइतबार फैसला गरेपछि सो पक्षका नेताहरु आ–आफ्नो पार्टीमा फर्कने निर्णयमा पुगेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । पुरानै घरमा फर्कने बातावरण सर्वोच्च अदालतले नै बनाइदियो, त्यसैले एमालेमा फर्कने निर्णयमा पुगेको भन्दै नेता पाण्डेले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताउनुभएको हो ।

आइतबारसम्म प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको पनि पार्टी नेकपा थियो, सर्बोच्चले एमालेमा जाउ भनिदिएपछि उहाँहरु पनि एमाले हुनुभएको भन्दै जसन समूहमा लागे पनि पूर्व एमालेहरु सबै एमालेमै बस्ने निर्णयमा पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका नेताहरुले पनि पुरानै पार्टी व्यूँताउने निर्णयमा पुगेका छन् । पूर्व एमालेका नेताहरु माधव नेपालसहित सबै नेता तथा कार्यकर्ता अब पुरानै पार्टीमा फर्कने र पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु पनि पुरानै पाटी नेकपा माओवादी केन्द्रमा फर्कने बताएका छन् ।

18.12¡ÆC