विदुर । सामुदायिक रेडियोहरूको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १५ औँ साधारणसभा तथा सातौँ अधिवेशन आजदेखि काठमाडौमा सुरु गर्न लागिएको छ । अधिवेशनका लागि देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरू काठमामाडौँ भेला भएका छन् ।

अधिवेशनले अकोराबको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा देशभरिका झण्डै ३ सय ६० सामुदायिक रेडियो प्रसारकहरूको सहभागिता रहने अकोराबका महासचिव गोविन्द देवकोटाले जानकारी दिनुभएको छ ।

अधिवेशनको आज बिहान सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्नु हुनेछ । कोभिड १९ को सुरक्षाका मापदण्ड पालना गर्दै भौतिक रूपमा नै १५ औँ साधारणासभा तथा सातौँ अधिवेशन गर्न लागिएको हो ।

नयाँ नेतृत्व चयनसँगै देशभरिका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समीक्षा हुने महासचिव देवकोटाले बताउनुभएको छ ।

19.66¡ÆC