कोरोना रोग विरुद्धको खोप अभियान, नुवाकोटमा पहिलो दिन १२८० जनाले लगाए

फाल्गुन २४, २०७७ मा प्रकाशित | 1044 views

विदुर ।  कोरोना रोग विरुद्धको दोश्रो चरणको खोप अभियान मुलुकभर जस्तै नुवाकोटमा पनि सुरु भएको छ ।

नुवाकोटमा हिजोदेखि जिल्लाको पाचवटा पालिकाहरु दुप्चेश्वर, सूर्यगढी, तादी, ककनी र लिखु गाउँपालिकामा खोप कार्यक्रम सुरु भएको हो । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार नुवाकोटमा पहिलो दिन हिजो एक हजार २८० जना ज्येष्ठ नागरिकले कोरोना रोग विरुद्धको खोप लगाएका छन् ।

हिजोदेखि सुरु भएको पाच पालिकामा खोप अभियान आगामी २७ गतेसम्म चल्ने छ भने बाँकी रहेका सातवटा पालिकामा अहिले बालबालिकाहरुको नियमित खोप कार्यक्रम चलिरहेकाले आगामी २६ गतेदेखि चेत्र १ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

हिजोदेखि सुरु गरिएको कोरानो रोग विरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथीका उमेर समूहका व्यक्तिलाई मात्रै समावेश गरेर खोप लगाउन स्वास्थ्य मन्त्रालयबाट निर्देशन आएपनि नुवाकोटमा भने यसअघिकै घोषणा अनुसार ५५ वर्ष माथी उमेरका सबैलाई समावेश गरिएको छ ।

यसअघि तालिममा जानकारी दिएअनुसार नै सेवा पुराउन स्वास्थ्य कार्यालय नुवाकोटले सम्बन्धित स्वास्थ्य शाखाका प्रमुखहरुलाई मौखिक रुपमा जानकारी गराएको छ । यसअघि तालिम दिने समयमा ५५ वर्ष माथिका सबै नागरिक सहित शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालकलाई समेत समावेश गराएर खोप लगाउन भनिएकाले शुक्रबार अचानक खोपको मात्रा कम भएको भन्दै ६५ वर्ष माथीका उमेर समूहलाई मात्र खोप लगाउन केन्द्रबाट निर्देशन आएको थियो ।

यद्यपी, नुवाकोटमा खोप प्रतिको आकर्षण निकै कम भएको र अहिले नै १५ हजार डोज खोप मौजुदा रहेकाले ५५ वर्ष माथी उमेरका व्यक्तिहरु समेत समावेश गरेर खोप लगाइएको छ ।

खोप लगाउनको लागी नुवाकोटमा ८८ वटै वडामा त्यही बराबरको खोप केन्द्र तोकिएको छ भने प्रत्येक खोप केन्द्रलाई पाचदिन कार्यक्रम चलाउने जिम्मेवारी दिइएको छ । खोप कार्यक्रम चलाउन एक खोप केन्द्रमा चारजनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने स्थानीय जनप्रतिनिधि, युवा क्लब, संघ सँस्था तथा सम्बद्ध सामाजिक क्षेत्रमा कार्यरतहरुलाई सहयोग पुराउनको लागी स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web