विदुर । आज १११औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस नेपाल सहित विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।

आजको दिन महिलाहरु लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख,शान्ति एवं समृद्धिमा चेतना बृद्धि लगायतका सचेतनाको कार्यक्रम गरेर मनाउन लागिरहेका छन् । नुवाकोटको सबै स्थानीयतहले भिन्दाभिन्दै कार्यक्रमको आयोजना गरेका छन् ।

दिवसको अवसरमा शीर्ष नेताहरुले शुभकामना दिदै महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व सफलताको कामना गरेका छन् ।

महिलाको हक,अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै प्रत्येक वर्ष मार्च ८ तारिखको दिन विश्वभर अन्तराष्ट्रिय महिला दिवस मनाइने गरिएको छ ।

महिलाका सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हक–अधिकार सुनिश्चित गर्न आवश्यक रहेको भन्दै विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागिएको हो ।

महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा अगाडी बढाउन सहयोग पुग्ने उद्देष्यले आज नेपालमा सार्वजनिक बिदा समेत दिइएको छ ।

दिवस मनाउन प्रदेस अनुसार भिन्दाभिन्दै नारा र कार्यक्रमहरु तय गरिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोका अनुसार राष्ट्रिय नारा भने‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने तय गरेको जनाएको छ ।

17.77¡ÆC