नेकपा ऋषिराम कट्टेलले पाए

फाल्गुन २४, २०७७ मा प्रकाशित | 2346 views

विदुर । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।

सर्वोच्च अदालतले हिजो गरेको फैसलासँगै हाल दुई खेमामा विभाजित रहेको नेकपा माथिको दाबी एंव विवाद थप जटिल मोडमा पुगेको छ । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैह्रकानुनी रूपमा नक्कल गरिएको भनेर सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा हिजो आइतबार फैसला भएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णयलाई बदर गरिदिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलको दाबी अनुसार उहाँले नेतृत्व गरेको दल २०७० साउन २२ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यही पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो । निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता कायमै रहेको समयमा साविक नेकपा एमाले र साविक नेकपा माओवादी केन्द्रबीचको एकतासगैँ नयाँ पार्टीको रुपमा नेकपा भनेर दर्ता गराएको पार्टीलाई बैधानिकता नहुने अदालतले फैसला गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web