साविक नेकपा एमालले मनायो उत्सव, सूर्य चिन्ह आफ्नै पक्षमा आएकोमा दङ्ग

फाल्गुन २४, २०७७ मा प्रकाशित | 2413 views

विदुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अहिले घोषित नेताहरु सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नुवाकोटमा उत्सव मनाएका छन् ।

सर्वोच्च अदालतले हिजो नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा पहिलेकै अवस्थामा कायम रहने फैसला गरेसगै साविक नेकपा माओवादी केन्द्र मौन रहेपनि साविक नेकपा एमाले भने खुसी देखिएको छ ।

नेकपाबारे सर्वोच्च अदालतले हिजो गरेको फैसला ऋषिराम कट्टेलले नेतृत्वले नेकपाको आधिकारिता पाएपनि अहिलेको नेकपा अर्थात साविकको नेकपा एमालेले चुनाव चिन्ह सूर्य आफ्नो पक्षमा आएको र साविक नेकपा एमाले हुदाँपनि आफूहरु सबैभन्दा ठूलो दलको हैसियतमा रहेकाले अदालतको फैसलाको स्वागतमा उत्सव मनाएको नेकपाको केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले प्रतिक्रिया दिनुभएको छ ।

झट्ट सुन्दा अदालतको फैसलाले केपी ओली नेतृत्वको नेकपा पराजित भएको देखिएपनि अदालतको सबै आदेशको पालना गर्नु नागरिकको कर्तव्य रहेको र साविक एमालेको लागी अदालतको आदेशले एकताबद्ध भएर एमालेकै नेतृत्वमा तथा नयाँ पाटी स्थापना गरेर समेत बामपन्थी शक्तिहरुबीच एकताको लागी ढोका खुलानै रहेको भन्दै अदालतको आदेशको स्वागत गरिएको नेकपाका केन्दीय सदस्य बिन्दा ढुङ्गानाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web