विदुर । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक पर्सि २६ गते दिनको १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

पुनःस्थापनापछि हिजो आइतबारका लागि बोलाइएको बैठकमा संविधानको प्रतिकूल हुने गरेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै नेपाली कांग्रेस, नेकपाको –प्रचण्ड–नेपाल) समूह, जनता समाजबादी पाटीका नेताहरुले सदनमा नाराबाजी गर्दै बिरोध जनाएका थिए ।

नेपाली कांग्रेसको बिरोधका बीच अध्यादेश पेस गरिएको थियो त्यो समयमा प्रचण्ड–नेपाल समूहका सांसद्हरु भने बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

19.12¡ÆC