दुईपिपल । बेलकोटगढी नगरपालिका वडा नं ६ मा समाजसेवामा क्रियाशिल रहेको ‘कञ्चना–देउराली युवा क्लब’ले निर्माण गरेको देउराली बजार स्वागतद्धारको आज उद्घाटन गरिएको छ । वडा नं .६ को वडा कार्यालय सहित वडाको मुख्य बजार तथा ब्यापारिक महत्व रहेको देउराली बजार प्रदेशद्धारमा स्थापना गरिएको स्वागतद्धारको आज नेकपाको नेता तथा युवा समाजसेवा जगतबहादुर तामाङले उद्घाटन गर्नुभएको हो । आधुनिक सभ्यता र सचेत नागरिकको रुपमा आफ्नो क्षेत्रको पहिचानलाई झल्काउन स्वस्फुर्त रुपमा सहयोग संकलन गरेर प्रवेशद्धार निर्माण गर्नुले युवाहरुमा समाज निर्माणको जिम्मेवारी कर्तव्य पूरा गर्न देखाएको दायित्वको उहाँले प्रशंसा गर्नुभएको छ ।

कार्यक्रममा वडानं .४ का वडाध्यक्ष चन्द्रबहादुर लामा ‘जनम’ र वडा नं. ६ का वडडाध्यक्ष अम्बिका तामाङले समाजका युवाहरुबाट समाजिक क्षेत्रमा देखाएको सक्रियता तथा युवाहरुले विकास निर्माणमा पुराएको योगदानले घर–वस्ती–टोल हुदै समाज मार्फत सिङ्गो नगरलाई नै विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य तथा कला र सस्कृतिको जर्गेनाको लागी क्रियाशिल रहेको कञ्चना–देउराली युवा क्लब’ले सहयोग रकम संकलन गरेर निर्माण गरेको प्रवेशद्धारमा ५६ हजार रुपैयाँ नगद खर्चिएको छ भने क्लबमा आबद्ध युवाहरु र स्थानीयबासीको श्रमको योगदान समेत गरेर करिब दुई लाख रुपैयाँ लगानी भएको क्लबका कोषाध्यक्ष प्रदीप नेपालले जानकारी दिनुभएको छ ।

विभिन्न दाताबाट प्राप्त भएको ५६ हजार रुपैयाँ नगद सहयोग, ४३ हजार रुपैयाँ बराबरको जिन्सी अर्थात निर्माण सामाग्रि सहयोग, ५२ हजार रुपैयाँ भन्दा बढी श्रमदान मार्फत स्वागतद्धार निर्माण सम्पन्न गरिएको कञ्चना–देउराली युवा क्लब’का अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभएको छ ।

प्रवेशद्धार निर्माणको क्रममा अति आवश्यक सामाग्रि खरिद बापत अझै करीब ३३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले दाताहरुबाट सहयोगको अपिल गरिएको छ ।

उद्घाटन समारोहका केही तस्वीरहरु :

21.26¡ÆC