विदुर । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई निरन्तर चलाइने बताउनुभएको छ ।

काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभएको हो ।

उहाँल्े सबै लक्षित समुदायमा खोप पु¥याउने जानकारी दिदै सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गर्नुभएको छ ।

अर्थमन्त्री पौडेलले प्राथमिकताको आधारमा क्रमशः भ्याक्सिन उपलब्ध गराउने, आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने र विकास निर्माण र समृद्धिका अभियानलाई चलाउन अहिलेको सरकार प्रतिबद्धत रहेको बताउनुभएको छ ।

20.12¡ÆC