अपाङ्गता भएकाहरुलाई लक्षित गर्दै बाघखोरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न

फाल्गुन २२, २०७७ मा प्रकाशित | 714 views

विदुर । अपांगता भएका ब्यक्तिहरुको हकहित तथा उनीहरुको अधिकारको सुनिश्चिततामा जोड दिदै बेलकोटगढी नगरपालिका वडा नं. ९ बाघखोरमा एकदिने जनचेतनामुलक कार्यक्रम गरिएको  छ ।

‘राष्ट्रिय अपाङ्ग अनुसन्धान बिकास केन्द्र नुवाकोट’ले बाघखोरमा आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा बेलकोटगढी नगरपालिकाको नगर प्रमुख राजेन्द्ररमण खनालले अपांगता भएका ब्यक्तिहरुको क्षमता अभिबृद्धि सहित उनीहरुको शिक्षा, स्बास्थ्य, रोजगार लगायतका सबै क्षेत्रमा समान पहुच पुराउन बेलकोटगढी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले नगरको निति तथा कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको दैनिकीलाई सहज बनाउन, उनीहरुलाई बिभिन्न किसिमका तालिम प्रदान गर्नको लागी बजेट बिनियोजन गरिएको जानकारी दिनुभएको छ ।

जनताको सिंहदरबारको रुपमा स्थापित नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको सहजताको लागी घरघरमा पुगेर अपांगता परिचयपत्र बितरण गरिएको पनि बेलकोटगढी नगरपालिकाका नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय अपांग अनुसन्धान बिकास केन्द्र नुवाकोटका अध्यक्ष भरतप्रसाद दाहालले अपांगता भएका ब्यक्तिहरुलाई घृणाको दृष्टिले नभई सबै क्षेत्रमा समानताको साथ अगाडी बढाउन उनीहरुलाई माया र हौसला दिन आबश्यक रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको लागी जनचेतनामुलक सन्देश प्रवाहको लागी आयोजित कार्यक्रममा बेलकोटगढी नगरपालिकालको विभिन्न वडाका वडाअध्यक्षहरु, आदिबासी जनजाती युवा महासंघका नुवाकोट अध्यक्ष सूर्यबहादुर तामाङ सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web