नुवाकोट । बैदेसिक रोजगारको लागी नुवाकोटबाट विदेश गएका दुई जनाले यो साता ज्यान गुमाएका छन् ।

विदुर नगरपालिका–१ पाण्डेगाँउका ४१ बर्षीय संगिता पाण्डेको साईप्रसमा ‘भवितब्य’ मृत्यु भएको जानकारी परिवारलाई गराइएको छ । उनको सोमबार मृत्यु भएको जानकारी त्यहाँ स्थित गैरआवासीय नेपाली सघं साईप्रसले परिवारलाई गराएको हो ।

गैरआवासीय नेपाली सघं साईप्रसले सोमबार ज्यान गुमाएको महिलाको पहिचान विदुर नगरपालिका–१ पाण्डेगाउँका संगिता पाण्डे भएको पहिचान बिहीबार राती मात्रै खुल्न आएको भनेर परिवारलाई घटनाको सम्बन्धमा आज जानकारी दिएको हो ।

त्यहाँको प्रहरीले पठाएको घटनास्थल प्रतिवेदन अनुसार उनको मृत्यु ‘अचानक’ भएको उल्लेख छ । उनको शव कानुनी प्रक्रिया पुरा गरेर नेपाल ल्याउने तयारी मिलाउन थालिएको छ । घरेलु कामदारको रुपमा सन् २०१५ को नोमेम्बर २९ तारिखमा उनी साइप्रस गएकी थिइन् ।

यसैबीच, नुवाकोटको तारकेश्वर गाउँपालिका–६ भमराका २६ वर्षका सोनाम तामाङको साउदी अरबमा कार्यरत कम्पनीमा दुर्घनाटमा परेर ज्यान गएको छ ।

गत शनिबार (फागुन १५ गते) उनी कार्यरत रहेको कम्पनीको कटिङ मेसिनमा परेर दुर्घटना हुदाँ गम्भीर घाइते भएकाले उपचारको लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको जानकारी आएको मृत्तकका काका समेत रहेका तारकेश्वर गाउँपालिकां–६ का वडाध्यक्ष ज्ञानेन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । उनको शव नेपाल ल्याउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न दूतावास मार्फत पहल थालिएको छ ।

साउदी अरबको राफी मेटल इण्डस्ट्रिजमा कार्यरत उनी रातको समयमा कार्यरत रहदाँ भुलबस कटिङ मेसिनमा परेर टाउकोमा गम्भीर चोट लागेको थियो । अत्याधिक रक्तश्रावको कारण उनलाई बचाउन नसकेको सहकर्मीले बताएका छन् ।

दिवंगत सोनामको दिदीहरुको बिबाह भैसकेको छ भने घरमा आमा र श्रीमति मात्र छन् ।

17.98¡ÆC