निकोयिा ,साईप्रस । युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असमायिक निधन भएको छ ।

सोमवार विहान आकस्मीक निधन भएकी लगभग ४० बर्षिय संगिता पाण्डेको नेपालको पहिचान खुलेको छ । गैरआवासीय नेपाली सघं साईप्रसले दिएको जानकारी अनुसार मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा न. १ पाण्डेगाऊ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदुतावास ईजरायल , नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली सघं साईप्रसले विहिवार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराईएको बताउनु भयो । सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताउदै नेपाली समुदायहरुलाई सुरक्षा प्रदान गर्ने साईप्रस प्रसासनलाई विशेष धन्यबाद दिदै अगामी दिनमा सारा नेपालीहरु आ आफनो परिवारहरुसगं नियमित सम्पर्कमा रहन आग्रह गर्नु भएको छ ।

मृतक पाण्डे अवतार ह्युमान रिर्सोस प्रा.ली. काठमाडौबाट २०१५ साल नोमेम्बर २९ तारिखका दिन घरेलु कामदारको रुपमा ३०९ युरो मासिक तलबमा आएको सचिव मगरले जानकारी दिनुभयो । कोरोनाले गर्दा धेरै नेपाली समुदाय लगाएत साईप्रसकै नागरिकहरुको जागिर गुमेकोले केही समय धैर्यधारण गरि आ आफनो जिविकोपार्जन गर्नका लागि मगरले अनुरोध गरेका छन । आफुहरु विदेशमा कहा कुन ठाउमा बसोबास गरिरहेका छौ सबै ठेगानाहरु आ आफनो परिवार , नेपाली सघंसस्थाहरु , नेपाली कन्सुलेटमा जानकारी दिनका समेत एनआरएनए महासचिव कृपा थापाले आग्रह गर्नुभएको छ । जसले गर्दा केही अपरझट घटना भएको खण्डमा पुर्ण जानकारी लिन सहज हुने आपेक्षा लिएको महासचिव थापाको भनाई रहेको छ । महासचिव थापाले आ आफनो स्वाथ्यका बारेमा पनि ख्याल गर्नका लागि सबैलाई अनुरोध गर्नु भएको छ ।

साईप्रसमा कुनै पनि कहि कतै पनि जुनसुकै समास्या परिआएमा नअत्तिकन गैरआवासीय नेपाली सघं साईप्रस , नेपाली कन्सुलेट मा सम्पर्क गर्नहुन सबैमा अनुरोध गरिएको एनआरएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले अनुरोध गर्नुभएको छ ।

साईप्रसमा दिनहु भैरहेको विभिन्न किसिमका घटनाहरुलाई न्यनिकरण गर्नका लागि यहा रहेका सारा समाजिक ,जातिय , राजनितिक सघंसस्थाहरु एकआपसमा हातेमालो गर्दै अगाडी बढनुपर्ने एनआरएनए साईप्रसकी अध्यक्ष दिलकुमारी तिलिजापुनले बताउनु भएको छ । अध्यक्ष पुनले आफुहरु सारा नेपाली समुदायहरुको अवाज बुलन्द गर्नका लागि यहाका समाजिक सघंसस्थाहरुको सहयोग , सहकार्य अत्ति आवश्यक रहेको बताउदै बर्षेनी नेपाली समुदायहरुको यहा मृत्युदर बढदै जानु दुख ब्यक्त समेत गरेकी छिन ।

16.33¡ÆC