संसद् विघटन विरुद्धका मुद्दामा वकालतनामा थप्न नपाइने

माघ ८, २०७७ मा प्रकाशित | 3419 views

विदुर । प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासले वकालतनामा नथप्न भनेको हो ।

संवैधानिक इजलासका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वकालतनामा नथप्न भनेका हुन् । अहिलेसम्म करिब २ सय वकालतनामा परेको र फेरि पनि वकालतनामा थपिने क्रम जारी रहेपछि प्रधानन्यायाधीशले वकालतनामा नथप्न निर्देशन दिनुभएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्ध १३ वटा मुद्दा परेका छन् । मुद्दाको टुंगो लाग्न लामो समय लाग्ने भन्दै वकालतनामा नथप्न भनिएको हो ।

यसअघि सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूलाई समय पनि निर्धारण गरिएको छ । प्रत्येक कानुन व्यवसायीलाई बढीमा ३० मिनेट निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web