नेपाली काँग्रेसले आज ६,७४३ वडामा विरोध प्रदर्शन गर्ने

माघ ८, २०७७ मा प्रकाशित | 3306 views

विदुर । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले आज आयोजना गर्न विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गर्नुभयो ।

सभापति देउवाले काँग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्ति मार्फत अपील गर्नुभएको हो । काँग्रेसले संसद विघटनको विरोधमा आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।

काँग्रेस जिल्लासभापति जगदिश्वरनरसिंह केसीको अनुसार नुवाकोटमा पनि आज ८८ वटै वडामा बिरोध कार्यक्रमको आयोजना गरिएको छ । काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री अर्जुननरसिंह केसी सहित जिल्ला सभापति बेलकोटगढी नगरपालिका वडा नं. ६ मा आयोजना गरिएको बिरोध कार्यक्रममा सहभागी हुन लाग्नुभएको छ । बेलकोटगढी नगरपालिका वडा नं. ४,५,६ र ७ ले सयुक्त रुपमा आज देउरालीडाँडामा बिरोध प्रदर्शन गर्न लागेको छ ।

काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । प्रधानमन्त्रीको कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नुभयो ।

यद्यपी अदालतले चुनवको लागी बाटो खुलाएमा काँग्रेस चुनावको लागी तयार भएकाले अहिलेको बिरोध प्रदर्शनलाई काग्रेसले चुनावी अभियानको रुपमा समेत प्रयोग गर्ने राणनीति अपनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web