विदुर । नुवाकोटको किस्पाङ गाउँपालिकाले चालु आर्थिक वर्षको लागी तर्जुमा गरेको योजना तथा कार्यक्रमको सम्झौता वडा–वडामै पुगेर गर्न सुरु गरेको छ । वडातहमा बिनियोजन गरिएको योजना सञ्चालनका लागी सम्बन्धित योजनाको पदाधिकारीलाई अभिमुखिकरण सहित योजनाको वडावडामा नै गएर मंगलबार एकै दिन वडा नं. ५ का २० वटा योजनाको सम्झौता गरिएको हो ।

यो वर्ष किस्पाङमा दश करोड रुपैयाँ भन्दाबढी बजेट मार्फत उपभोक्ताबाट माग भएर आए अनुसार गाउँसभा मार्फत छनोटमा परेका १५० भन्दाबढी योजना सम्झौताको लागी गाउपालिकाको कार्यालयमै जानुपर्ने बाध्यता हटाउदै वडा कार्यालयमा अभिमुखिकरण गर्दै योजना सम्झौता गरेको हो ।

योजना सञ्चालनको लागी उपभोक्ताको भेला मार्फत चयन भएका समितिका पदाधिकारीलाई योजना सञ्चालनका लागी कानूनी प्रक्रिया, गुणस्तरीय सेवा सहित सञ्चालनको लागी वडा नं ५ को मनकामनाबाट काम अघि बढाइएको गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार गएको वर्षदेखि नै योजना सञ्चालनको लागी पदाधिकारीलाई अभिमुखिकरण दिन थालिएकोमा त्यसको नतिजा सकारात्मक पाएसगै यो वर्ष पनि यसलाई निरन्तरता दिन लागिएको हो ।

यो वर्षदेखि योजनाको सम्झौता गर्न गाउँपालिकाको कार्यालय काहुले नै पुग्नुपर्ने बाध्यता समेत हटाई वडाकार्यालयबाटै योजना सञ्चालनको लागी पदाधिकारीलाई अभिमुखिकरण दिएर योजना सम्झौता थालिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

किस्पाङ गाउँपालिकाको वडा नंं ५ को मनकामना भित्र सञ्चालन गर्न लागिएको योजनाको अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष मायादेवी न्यौपानेले समितिमा महिलाहरुको सक्रिय सहभागिताले महिला शसक्तिकरणमा उल्लेख्यनिय योगदान पुगेको बताउनुभयो ।

उपभोक्ता समितिमा सदस्य पदमा मात्र सिमित रहने महिलाहरुलाई अभिमुखिकरण सहित कार्य सञ्चालनका लागी गाउँपालिकाले सहयोग पुराएसगैँ उनीहरु समितिको नेतृत्वमा देखिएकाले पाएको जिम्मेवारीलाई सफल कार्यान्वयन गर्दै महिला नेतृत्वको भूमिकालाई उदाहरणीय बनाउन उपाध्यक्ष मायाँदेवी न्यौपानेले समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

किस्पाङ गाउँपालिका मार्फत यो वर्ष बिनियोजित गरिएको दश करोड रुपैयाँको १५० वटाको हाराहारीका योजना मध्ये २० वटा योजना वडा नं. ५ मार्फत सञ्चालनका लागी सम्बन्धित समितिका पदाधिकारीहरु अध्यक्ष, सचिव र कोषाध्यक्षलाई योजना सञ्चालनको क्रममा कानूनी जानकारी, बिल सहितको आवश्यक कागजातको चुस्तदुरुस्त, काम गर्दा स्थानीय सरोकारवालासंगको समन्वय, काममा गुणस्तरीयतादेखि काम सम्पन्न पछि फरफारकसम्मको चरण अभिमुखिकरण मार्फत सिकाईएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्ती, लेखा अधिकृत सबिना अर्याल, योजना प्रमुख हरीप्रसाद प्याकुरेल, ईञ्जिनियर सन्तोष श्रेष्ठ लगायतले उपभोक्ता भेला मार्फत चयन भएका समितिका पदाधिकारीलाई इमान्दारपूवर्क आर्थिक क्षेत्रमा पारदर्शि र काममा गुणस्तर बनाई स्थानीय श्रोत साधनको प्रयोग मार्फत रोजगारीको सिजर्ना गर्न तर्फ केन्द्रित रहन अभिमुखिकरण मार्फत स्मरण गराएका छन् ।

किस्पाङ गाउँपालिकाले स्थानीय सरकारको अनुभूती जनतालाई दिलाउनको लागी वडाबाटै प्रवाह गर्नसक्ने सेवालाइ वडा केन्द्रित गराई अघि बढेकाले क्रमशः त्यसबाट जनतालाई स्थानीय सरकारले प्रवाह गर्ने सेवाबाट सरलता महशुस गर्न पाएका छन् ।

केही समयअघि मात्र वडा–वडामा डाक्टर सहितको टोलि लिएर अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य जाँच सहित परिचयपत्र दिएको किस्पाङ गाउँपालिकाले अहिले योजना सम्झौता र योजना सञ्चालनको लागी अभिमुखिकरण चलाएसगैँ सम्भव भएसम्म फरफारक लगायतका थप सेवा पनि वडा कार्यालयमा उपलब्ध गराउन सकेमा जनतालाई स्थानीय सरकारकोले दिने सेवाको सहजता महशुस गराउन सकिने विश्वास लिइएको किस्पाङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नरहरि भट्टले बताउनुभयो ।

17.98¡ÆC