रिमाललाई स्वास्थ्य सहायता सामाग्रि उपलब्ध

माघ ७, २०७७ मा प्रकाशित | 1367 views

चैनपुर । शारिरिक रुपमा अशक्त भएका विदुर नगरपालिका वडा नं. १२ चैनपुर निवासी चिरञ्जिवी रिमाललाई स्वास्थ्य सहायता सम्बन्धि सामाग्रि उपलब्ध गराइएको छ । किशोर अबस्थामै शरीरको कम्बरभन्दा तलको भाग नचल्ने भएर ४० वर्षका रिमाललाई नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा नेपाली काँग्रेस नेतृ गिता अमात्यले आवश्यक स्वास्थ्य सहायता सामाग्रि उहाँको घरमै पुगेर प्रदान गर्नुभएको हो ।

शरीरको तल्लोभाग नचल्ने भएसगैँ ओछ्यानमै दैनिकी चलाउदै आउनुभएका रिमाललाई पिसाब थैली सहित त्यसको लागी चाहिने पाइप, सरसफाई गर्न चाहिने थप स्वास्थ्य सहायता सामाग्रि प्रदान गरिएको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गिता अमात्यले जानकारी दिनुभएको छ ।

१७ वर्षको हुदाँ कम्बरको नशा च्याप्पिएर दुवै खट्टा नचल्ने र शरीर चलायमान बनाउन नसक्ने भएसगै उपचारको लागी ठूलो रकम खर्च भएसगैँ कमजोर बनेको आर्थिक अबस्थाले स्वास्थ्य सहायता सामाग्रिको अभाव भएको जानकारी पाएसगैँ करीब ३० हजार रुपैयाँ बराबरको उपलब्ध गराइएको सामानले ६ महिनालाई पुग्ने बताइएको छ ।

कमजोर आर्थिक अबस्थाको कारण नियमित स्वास्थ्य उपचार, औषधी सेवन सरसफाई लगायतको लागी अन्य दाताहरुलाई पनि सहयोग उपलब्ध गराउनको लागी रिमाल परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web