प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धा हेर्दाहेर्दैमा

माघ ५, २०७७ मा प्रकाशित | 1245 views

विदुर । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यस विषयलाई हेर्दाहेर्दैमा राखिएको छ भने सोमबार पुनः सुनुवाइको लागी बोलाइएको छ ।

आइतबार भएको बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी हुनुभएको थियो । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै आइतबारदेखि फेरि सुनुवाइ सुरु भएको हो ।

बहसमा रिट निवेदकका वकिलहरूले संसद् विघटन सम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान सभाले संविधान लेख्दा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने वा नदिने भन्नेमा लामो बहस भएको स्मरण गराउँदै छलफलको रेकर्ड मगाउन माग गर्नुभयो ।

यसअघि रिटमा सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्नेमा मतभेद देखिएसगैँ सर्वोच्चले संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web