कोल्पुटारमा साल र फडिरको काठ तस्कर गर्ने सात जना पक्राउ

माघ ५, २०७७ मा प्रकाशित | 1184 views

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ५ दुईपिपलको कोल्पुटारबाट अवैध रुपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठ सहित सातजना पक्राउ छन् ।

गएको शनिबार राती ओसार्न लागिएको अबैध सालको काठ २० गोलियो फडिरको काठ ३ गोलिया समेत गरेर २३ गोलियाबाट हुन आउने करिब ४४ क्युफिटकाठ सहित काठ बोक्ने गाडी र संलग्न रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट कोल्फुटारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बुझाएको काठ, काठ ओसार पसार गर्न प्रयोग भएको गाडी प्रदेश नं.३ उल्लेखित ०१–०२४ च ४२७० नं.को टाटा गाडी र संग्लग्न व्यक्तिलाई प्रहरीले आइतबार डिभिजन वन कार्यालय नुवाकोटमा बुझाएको हो ।

कोल्पुटारमा साल र फडिरको काठ तस्कर गर्न प्रयोग गरिएको महङ्गो गाडी ।

वन कार्यालयको अनुमति नभई ओसार पसार गर्न नपाइने व्यावस्था भएपनि रातको समयमा अबैध रुपमा लुकाएर लैजान लागेको गाडी सहित काठ र व्यक्तिलाई नियन्त्रणमा लिइएको र उनीहरुको संलग्नता देखिएकाले वन ऐन अनुसार कारबाही अघि बढाउन डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web