साततले दरबारको पुर्ननिर्माणमा चैतदेखि थालिने

माघ ३, २०७७ मा प्रकाशित | 1181 views

विदुर । विनासकारी भूकम्प र त्यसपछिको पराकम्पको कारण क्षति पुगेका संरचनाको पुर्ननिर्माण नुवाकोटमा सन्तोषजनक पाइएपनि नुवाकोटको शानको रुपमा रहेको साततले दरबारको पुर्ननिर्माणमा भने ढिलाई भएको छ ।

नुवाकोटको पहिचानको रूपमा मानिने साततले दरबार र दरबार आसपासका सम्पदाहरूको पुनर्निर्माण भूकम्प गएको चार वर्षपछि गएको वर्ष २०७६ असारदेखि शुरू भएपनि थप क्षति हुन नदिन टेको लगाएर गएको वर्षको ल्होसार पर्व मान्न गएका चिनियाँ टोली कारोनाको कारण अझैसम्म पनि नफर्कदा दरबारको पुर्ननिर्माणमा ढिलो भएको हो ।

दरबार पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ सरकारले पटक–पटकको प्राविधिक अध्ययन र विभिन्न प्रक्रिया पूरा गरेर पुनर्निर्माण शुरू गरेपनि कोरोनाको जोखिमको कारण अबको केही समयपछि अर्थात चैतदेखि मात्रै काममा फकेर्न जानकारी पाएको ‘दरबार हेरचाह तथा संरक्षण कार्यालय’ नुवाकोटले जनाएको छ ।

कार्यालय प्रमुख अजुर्नप्रसाद फुयाँलको अनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले’ साततले दरबार सहित दरबार आसपासका सांस्कृतिक तथा पुरातात्विक महत्वका  संरचना र मठमन्दिर बनाउन तयार भएपनि कोरोनाको जोखिमको कारण चिनियाँ टोली काममा नफर्कदा दरबारको पुर्ननिर्माण ढिलाई हुन पुगेको हो ।

विश्व सम्पदा सूचीमा समेत समावेश गर्न सकिने सम्भावना बोकेको साततले दरबार विनाशकारी भूकम्प गएको चार वर्षपछि पुनर्निर्माणको क्रममा टेको लगाएपनि त्यसपछि काममा नफर्केको चिनियाँ टोली चैतसम्म आउने र सम्झौता अनुसार काम हुनेमा पुरातत्व विभाग आशावादी रहेको ‘दरबार हेरचाह तथा संरक्षण कार्यालय’का प्रमुख अजुर्नप्रसाद फुयाँलले बताउनुभयो । .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web