विदुर । संवैधानिक इजलासमा संसद् विघटन विरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ ।

१३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले गरेको माग अस्वीकार गर्दै त्यही इजलासबाटै हेर्ने निर्णय गरेको सर्वोच्च अदालत जनाएको छ । साथै ती रिट निवेदनमाथि माघ ४ गते आइतबारदेखि भने अब निरन्तर सुनुवाइ हुने बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

बहसको समयमा सरकारी पक्षले बृहत् पूर्ण इजलासको माग संविधान र कानुन विपरीत रहेको तर्क गरेको थियो ।

24.59¡ÆC