२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिबस मनाइदै

माघ २, २०७७ मा प्रकाशित | 1205 views

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिबस मनाइदै

विदुर । अब बन्ने सबै किसिमका भौतिक संरचनाहरु भूकम्प प्रतिरोधी मापदण्ड भित्र रहेर निर्माण गरिनुपर्नेमा जोड दिदै आज २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिबस मनाउन लागिएको छ ।

भूकम्पबाट सुरक्षित हुने उपायबारे जनचेतना फैलाउदै स्थानीयतहका प्राबिधिकहरुले तय गरेको मापदण्ड भित्र रहेर पूर्बाधार निर्माण गरेमा भूकम्पबाट कम क्षति गर्न सकिने भएकाले भूकम्पबाट बच्नको लागी भौतिक संरचनाको निर्माणमा नै सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । “बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा ः साझा सहकार्यमा जनधनको रक्षा” भन्ने नारा सहित आज देशभर नै २३ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस मनाउन लागिएको छ ।

भूकम्प प्रतिरोधात्मक संरचनाको अभाबकै कारण २०७२ बैशाख १२ मा गएको भूकम्प बिनासकारी बन्न पुगेकाले आगामी दिनमा प्राकृतिक बिपतीबाट हुने क्षतिलाई कम गराउन पनि अबको जिम्मेवारी र नेतृत्व स्थानीयस्तरमा जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारकै भूमिकालाई महत्वको रुपमा औल्याइएको छ ।

दिवसको अबसरमा आज नुवाकोटको कोलनीमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ । जिल्ला विपद् व्यावस्थापन समितिको आयोजनामा कोलनीमा अहिले बिहान हुने कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटले भूकम्पबाट हुने क्षति र भूकम्पले पुराएको क्षतिको कसरी उद्धार गर्न सकिन्छ भनेर नमूनाअभ्यास प्रस्तुत गर्ने जनाएको छ ।

विक्रम सम्वत १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा नुवाकोट सहित आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

त्यसपछि पनि नेपालमा २०७२ वैशाख १२ गते शनिबार बिहानको ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको  थियो । त्यसबाट करिब नौ हजार मानिसको ज्यान गएको थियो भने आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएको सरकारी तथ्यांक रहेको छ ।

बारपाक भूकम्पबाट नुवाकोट, रसुवा, धादिङ, गोर्खा सहित अन्य १६ जिल्ला अतिप्रभाबित बन्न पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web