गोरु जुधाएर मनाइयो नुवाकोट र धादिङमा माघेसक्रान्ति

माघ २, २०७७ मा प्रकाशित | 937 views

विदुर । माघेसंक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा गोरु जुधाएर मनाइएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ तारुकाको चन्दनीमा २३ हल, विदुर नगरपालिका वडा नं. १० रसुवासंगको संगमस्थल वेत्रावतीमा ५ हल गोरु जुधाइर्एको छ ।

यसैगरी कोरोना रोगको जोखिमको बीचपनि स्वास्थ्य सुरक्षा अनाएर पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ पिपलडाँडा, लिखु गाउँपालिकाको वडा नं. ३ कट्टीछाप, तादी गाउँपालिकाको वडा नं. ४ सातबिसे, शिवपुरी गाउँपालिकाको वडा नं. ५ शेराबगरको गैरीफाँटमा लगायतका स्थानमा गोरु जुधाएर परम्परालाई निरन्तरता दिइएको छ । कोरोनाको कारण अघिल्ला वर्षहरुको जस्तो विशेष कार्यक्रम नभएपनि जुधाउने गोरु सङ्ख्या थोरै गराई गरिएको प्रतिस्पर्धामा दर्शकको सङ्ख्या भने उल्लेख्य रहेको थियो ।

यसैगरी, नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नं. ५ को माझगाँउ नजिकै बारीको पाटोमा स्थानीय किसानहरुले आफूले पालेका गोरु जुधाएर माघेसक्रान्ति पर्व मनाएका छन् ।

यस्तै, धादिङको निलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेको फ्याक्सेमा नौ  गोरु जुधाइएको आयोजकले जानकारी दिएको छ ।

गोरु जुधाईको उद्गम स्थल मानिएको तारुकाको चन्दनीम जुधाइने परम्परालाई क्रमशः सुधार गर्दै ल्याएको स्थानीय सरकार र जनप्रतिनिधिले बताएका छन् ।

चन्दनीम आयोजित गोरु जुधाई तथा विभिन्न साँस्कृतिक कार्यक्रममा नेकपा नुवाकोट सचिव नारायणप्रसाद खतिवडा, तारकेश्वर गाउँपालिकाको अध्यक्ष रमेशबहादुर वस्ती लगायतका अतिथीले गोरु जुधाईको क्रममा देखिएका समस्यालाई क्रमशः तीनतहका सरकारबाट सम्बोधन गर्दै अघि बढेको बताउनुभयो । यो वर्ष देखि तारुकाको गोरु जुधाईको नेतृत्व स्थानीय सरकारले लिएकाले व्यावस्थापनमा आवश्यकताको आधारमा सुधार गर्दै अघि बढ्ने गाउँपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले बताउनुभएो छ ।

माघेसक्रान्ति पर्वको अवसरमा तारुकामा हुने गोरु जुधाई बझाङ्गी राजा विक्रमबहादुर सिंहको यहाँ मावली नभई यहाँको राज्य शासकको रुपमा विक्रम सम्वत १८८७ मा आएको समयमा मनोरञ्जनको रुपमा जुधाईएकाले त्यही परम्परालाई नै निरन्तरता दिइएको इतिहासिविद्लाई उल्लेख गर्दै स्थानीय समाजसेवी जनकराज ढुङ्गानाले स्पष्ट पार्नुभयो ।

गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा नुवाकोटमा हरेक वर्ष मकर सक्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरिएको छ ।

यसैबीच, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा जुधाईको गोरुको इतिहास भने नेपाल र भोटबीच भएको युद्धसंग जोडिएको क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताउनुभयो ।

नेपाल र भोटबीच भएको युद्ध अन्तरगत विक्रम सम्वत १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धि पश्चात नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयको पहलमा जोरु जुधाईलाई निरन्तरता दिएको गोसाईकुण्डका क्लबका सल्लाहकार अष्टमान डंगोलले बताउनुभयो । उहाँको अनुसार विक्रम सम्वत २०६७ देखि गोसाँईकुण्ड युवा क्लबको पहलमा गोरु जुधाई जात्रालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो ।

मकरसक्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाईने जात्राको अनुसरण गदैै नुवाकोट र धादिङको विभिन्न स्थानमा पनि गोरु जुधाई प्रतिस्पर्धा पछिल्लो समयमा मौलाउदै गएको छ ।

पछिल्लो समयमा नुवाकोट लगायतका जिल्लामा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै गएपनि प्रतियोगितामा भने गोरुको सङ्ख्या बृद्धि हुदै गएकाले यसलाई मनोरञ्जनको लागी मात्र नभई पर्यटन प्रबद्धन तथा स्थानीय सँस्कृतिको रुपमा प्रचारमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर सक्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरुलाई जुधाउन सहभागी गारउदै आएका किसानको लागी राज्यले अनुदान तथा सहयोगको विशेष कार्यक्रम चलाउनुपर्ने देखिएको छ ।

तस्वीरमा हेरौ तारुकामा यो वर्ष गोरु जुधाउदाँको केही रोचक दृष्य । तस्वीर सौजन्य @Aditya Kumar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web