विदुर । पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् भने अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेका छन् । यसैगरी, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ को मृत्यु भएको छ ।

यो सँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना पुगेको छ ।

17.98¡ÆC