‘ढुक्क हुनुहोस्, अबदेखि मलको अभाव हुन्न’

माघ २, २०७७ मा प्रकाशित | 3199 views

विदुर । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले यो वर्ष धान रोपाइँको समयमा मलको अभाव हुन नदिने गरी अहिलेदेखि तयारी थालेको जनाएको छ ।

प्रत्येक साल धान रोपाइँको समयमा मलको अभाव हुने गरेकामा यसपालिदेखि त्यस्तो हुन नदिने गरी तयारी भइरहेको कृषि सचिव डा. योगेन्द्र कार्कीले बताउनुभएको हो ।  मन्त्रालयमा सरोकारवालासँग भएको छलफलपछि कुरा गर्दै सचिव कार्कीले धान रोपाइँको समयमा प्रयोग हुने मलका लागि अहिले नै बोलपत्र आह्वान गरी मल आयात गरेर भण्डारण गरी राख्ने तयारी भइरहेको जनाउनुभएको हो  ।

बङ्गलादेशबाट पनि फागुनको पहिलो हप्ता ५० हजार मेट्रिक टन मल आइपुुग्ने जनाउँदै सचिव डा. कार्कीले अहिले ६१ हजार मेट्रिक टन मल मौज्दात रहेको र ७० हजार मेट्रिक टन मल आउने क्रममा रहेको जानकारी दिनुभयो । रासायनिक मल बिक्री वितरणका लागि मन्त्रालयले निर्देशिका पनि जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web