बाघ भैरममा मन्दिर माघेसक्रान्ती मेला

माघ १, २०७७ मा प्रकाशित | 706 views

भैरमकोट । विदुर नगरपालिका वडा नं. ८ तुप्चेको भैरमकोटमा रहेको बाघ भैरम मन्दिरमा बिगतको बर्षहरुमाझै यस बर्ष पनि माघेसक्रान्ती मेला लागिरहेको छ ।

भैरमकोटमा क्रियाशिल रहेको बाघ भैरम भजन समूह र स्थानीय युवा क्लबको आयोजनामा माघेसक्रान्ति मेलामा तुप्चे, कल्याणपुर, अजिङ्गरे लगायत स्थानबाट सहभागी सयौको सङ्ख्यामा भक्तजनको उपस्थिती रहेको छ ।

माघि पर्बको अबसरमा सम्पन्न मेलामा पुस मसान्तमा दिनभर पूजा अर्चना र बेलुका बाघ भैरम भजन मण्डली समूहले खैचडी भजन, बालन भजन प्रस्तुतगरि नाचगान गरिएको भजन मण्डलीका अध्यक्ष तथा विदुर नगरपालिका वडा न. ८ का वडासदस्य तोयानाथ गौतमले जानकारी दिनुभयो ।

मेलामा बुधबार साँझ उपस्थित भक्तजनलाई प्रसाद वितरण र भैरमकोटमा रहेको कोटमा पूजा आधरना, दियो र मादी बालेर एंंव बाहुन पञ्चेबाजा, भजन समूहबाट नाचगान तथा साङ्गेतिक कार्यक्रम गरी भक्तजनले यज्ञ, दान, जप लगायतका धार्मिक विधि र प्रक्रिया पूरा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web