टिमुरेमा राजस्व संकलन काउन्टर स्थापना

माघ १, २०७७ मा प्रकाशित | 3279 views

धुञ्चे । रसुवा भन्सार कार्यालय टिमुरेमा राजस्व संकलन काउन्टर स्थापना भएको छ ।

कार्यालयबाट हुने व्यापार सहजीकरणका लागि कार्यालय हाताभित्रै ‘बैंक अफ काठमाडौ”को राजस्व संकलन काउन्टर स्थापना भएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

रसुवा भन्सारमा दैनिक २५ लाखदेखि डेढ करोडसम्म राजस्व संकलन हुदै आएको छ । कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा राजस्व असुलीमा असर परेको छ । रसुवागढी नाकाबाट आयात–निर्यात सहज बन्न नसक्दा कार्यालयले लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ ।

नाकामा सहज रूपमा आयात–निर्यात नहुँदा रसुवा भन्सारको राजस्व असुलीको लक्ष्य भेट्न

गारो हुदै आएको छ । चीनले अहिले दैनिक आफ्ना ५ वटा गाडीमा नेपाली भूभागमा सामान पठाउदै आएको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गरेर नेपाल भित्र्याउने गरेका छन् ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याट लगायतमा शुल्कबापत भन्सार असुली गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web