ककनी । बसको ठक्करबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कडा कारबाहीको माग गर्दै रानीपौवा–काउलेथाना सडक मंगलबार दिनभर अबरुद्ध भएको छ ।

पीडित परिवारको तर्फबाट सकडमा रुख ढालेर अबरोध पुराई बसका चालकले लपरबाही रुपमा चलाउन दुर्घटना भएको भन्दै उनलाई कडा कारबाही र पीडित भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग अन्तरगत उचित क्षतिपूर्ति माग गर्दै सडक अबरुद्ध बनाइएको हो । सडक अबरुद्ध भएसगैँब बालाजुबाट ककनीहुदै रानीपौवा आउने सबै गाडीहरु रोकिएका छन् ।

ककनी घर भएका ३५ वर्षका हस्तबहादुर तामाङलाई सोमबार काउलेथानामा बसले ठक्कर दिदाँ गम्भीर घाइते बनाएसगैँ उपचारकोे लागी काठमाडौको ग्रिनसिटी अस्पतालमा पुराउदाँ उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए ।

घटनाको बिरोधमा बिहानैदेखि अबरुद्ध रहेको सडक खुलाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक हरीबहादुर वलीको नेतृत्वमा गएको टोलीले गरेको प्रयास असफल भएसगै सडक अबरुद्ध कायमै रहेको छ ।

21.02¡ÆC