लाइसेन्सको कोटा प्रणाली हट्दै, सबैले सहजै फाराम पर्न पाउने

पुस २९, २०७७ मा प्रकाशित | 435 views

विदुर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो ।

अहिले हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमता अनुसार निश्चित कोटा तोक्ने र त्यसै अनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था छ । यसले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने अवस्था रहेको छ । लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिनहुँ फारम भरेपनि अनलाइनबाट फाराम पर्दा पेशगर्न सास्ती भोगिरहेका छन् ।

अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।

अब भने लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर पेश गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणाली मार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web