मल नल्याउने शैलुङ र मुक्तिनाथ कारबाहीमा

पुस २८, २०७७ मा प्रकाशित | 493 views

विदुर । नेपाल सरकारले समयमै रासायनिक मल ल्याउन नसक्ने शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीसँग मल खरिदको लागी गरेको सम्झौता रद्द गरेको छ ।

कृषि सामग्री कम्पनीसँग गएको भदौमा भएको सम्झौताअनुसार शैलुङ कम्पनीले मङ्सिरको १३ गतेसम्म २५ हजार मेट्रिक टन युरिया मल ल्याउनुपर्ने सम्झोता भएको थियो ।  सम्झौता अनुसार अहिलेसम्म पनि मल नल्याएपछि सम्झौता खारेजी गरिएको हो ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर १७ र १८ गते २० हजार मेट्रिक टन डीएपी र २५ हजार मेट्रिक टन युरिया ल्याउनुपर्ने सम्झौता भएपनि नल्याएपछि सम्झौता खारेज गरिएको हो ।

दुवै कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस पठाइएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web