लाइसेन्स वितरण पारदर्शी बनाउन ट्राफिकको ध्यानाकर्षण

पुस २८, २०७७ मा प्रकाशित | 477 views

<p><b>विदुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरण&nbsp; प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको&nbsp; छ ।&nbsp;<br></b></p><p><b>यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षा पारदर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव समेत दिएको छ । प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने भन्दै परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि जान रोकेर तत्कालै सुधार हुनुपर्ने जनाएको छ । ट्राफिक प्रहरी परीक्षा सञ्चालनको अनुगमन तथा अवलोकनमा सहभागी नहुने भएसगैँ लिखित र प्रयोगात्मक परीक्षा समेत रोकिएको थियो ।&nbsp;</b></p><p><b>महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीका अनुसार यातायात विभागसँग छलफल भएपनि समस्याको समाधान हुन बाँकी रहेको छ ।&nbsp;&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web