धुञ्चे । रसुवाको एक बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामनाका यमप्रसाद भट्टराई पक्राउ परेका छन् ।

रसुवा घर भएको ६ वर्षीया बालिका यौन दुव्र्यबहार गरेको आरोपमा प्रहरीले मनकामना घर भएर धुञ्चेमा बस्दै आएका २२ वर्षीय यमप्रसाद भट्टराईलाई पक्राउ गरेर कारबाहीको लागी अनुसन्धान अघि बढाएको जनाएको छ ।

गएको पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफ्नो कोठामा लगेर यौन दुव्र्यबहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख इन्द्र सुवेदीले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा अपराध भएको हुनसक्ने देखिएकाले भट्टराईलाई प्रक्राउ गरेर कारबाहीको लागी हिरासतमा राखिएको हो ।

21.63¡ÆC