नौ डिआईजीको पदस्थापन, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा.देवबहादुर बोहरा

पुस २४, २०७७ मा प्रकाशित | 573 views

काठमाडौ ।  गृह मन्त्रालयले नेपाल प्रहरीका नौ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा तथा पदस्थापन गरेको छ ।

बढुवा सिफारिस भएका डिआइजीबिरुद्ध उजुरी नपरेपछि बढुवाको निर्णय भएको हो । बढुवा भएकालाई बिहीबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदस्थापनअनुसार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा उमेश रञ्जितकार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरा, प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, योजना, अन्वेषण तथा विकास निर्देशनालयमा मुकुन्द आचार्य, प्रदेश समन्वय निर्देशनालयमा गणेश ऐर तथा साइबर ब्यूरोमा रामकृपाल शाहको पदस्थापन भएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका प्रकाश अधिकारीलाई प्रवक्ताकोसमेत जिम्मेवारी दिइएकाे छ । डिआईजी नहुँदा हाल एसएसपी बसन्त कुँवरलाई प्रक्ताको जिम्मेवारी दिइएको थियो ।

दिवेश लोहनी र राजेशलाल कर्णको कार्य तथा अपराध अनुसन्धान विभागमा तथा पुरुत्तोत्तम कँडेलको प्रशासन तथा मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web