‘एकीकरण टर्च’ -याली नुवाकोटको शुभघाटमा

पुस २३, २०७७ मा प्रकाशित | 580 views

नुवाकोट । नेपाल एकीकरणको क्रममा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हिँडेको बाटोमा पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च’ -याली आज नुवाकोटको विदुर नगरपालिका वडा नं. १० शुभघाट आइपुगेको छ ।

गोरखाबाट हिडेको -याली काठमाडौंसम्मनै पैदल जाने क्रममा धादिङबाट भ¥याङभुरुङहुदै आज नुवाकोट प्रवेश गर्दै अपरान्ह शुभघाट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई जिल्ला स्थित नेपाली सेनाको प्रमुख सहितको टोली र स्थानीयबासीले भव्य रुपमा स्वागत गरेका छन् ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजना अनुसार गएको वर्षदेखि सुरु भएको -यालीलाई यो वर्ष पनि नेपाली सेनाले निरन्तरता दिएको हो ।

गोरखाबाट निकालिएको ‘एकीकरण टर्च’ धादिङको देवीदत्त गणका गणपतिले नुवाकोटको जबरजंग गणलाई आज मध्यान्ह भ-याङ–भुरुङमा हस्तान्तरण गरेको हो ।

नुवाकोटको जबजजंग गणको नेपाली सैनिकले ग्रहण गरेको ‘एकीकरण टर्च’ नुवाकोटको सामरी स्थित पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिडेको पदमार्ग पछ्याउदै सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाग्टार, कोलनी, खिन्चेतहुदै बाजागाजा तथा नाचगान सहित शुभघाट आइपुगेको हो ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुराएको योगदानको महत्वलाई कमजोर बनाउदै आइरहेको समयम नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ ¥यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नुवाकोटबाट गोर्खाली फौजले विक्रम सम्वत १८०१ असोज १५ मा नुवाकोटमाथी बिजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ -याली मार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको जबरजंग गण नुवाकोटका गणपती उदयबहादुर लामिछानेले जानकारी दिनुभयो । उहाँको अनुसार गोरखाबाट धादिङ–नुवाकोटहुँदै काठमाडौंसम्मको पदमार्ग ‘रुमाले’ २६ कोषको रहेको छ । -याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्लाहरु सम्बद्र्धन, संरक्षण तथा प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

गोरखाबाट हिडेको दुईदिन पछि नुवाकोटको शुभघाट आइपुगेको ‘एकीकरण टर्च’ -याली भोलि बिहान, गेर्खुबाट केउरिनी चौतारोहुदै नुवाकोट पुग्ने कार्यक्रम रहेको छ । नुवाकोटमा भोलि शुक्रबार बिहान ८ बजे विशेष कार्यक्रम पश्चात अघिबढ्ने ‘एकीकरण टर्च’ -याली त्यसपछि नुवाकोटको धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनीहुदैँ काठमाडौ स्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्याहाँ विशेष कार्यक्रम गरेर त्यस -यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

-यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् भने गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ अर्थात ‘दिपज्योती’मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा सहित नेपालको राष्ट्रिय झण्डा र बाजागाजा सहित पैदमार्गबाट नै काठमाडौ पु¥याउन लागिएको हो । ‘एकीकरण टर्च’ -यालीले आसन्न पृथ्वीजयन्ती प्रतिको सम्मान र नेपाल भ्रमण वर्षको लागी नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web