नुवाकोट। एस.टी.एफ.सी परियोजनाले नुवाकोट जिल्लामा नेपाल आवास पुनर्निर्माणका प्रयासहरूलाई सक्रिय रूपमा सहयोग गर्दै आईरहेको छ। भारत सरकारको सहयोगमा, बिल्ड चेन्ज (Build Change) संगको साझेदारीमा यु.एन.ओ.पि.एस.(UNOPS) द्वारा यो परियोजना कार्यान्वयन हुदैँ आइरहेको छ। नुवाकोटमा सम्पदा संरक्षणको महत्त्वलाई ध्यानमा राख्दै एस.टी.एफ.सी. परियोजनाले विदुर नगरपालिकाको साततल्ले स्थित सम्पदा बस्तीका १४ भूमिहीन लाभग्राहीहरुले अनुदानमार्फत खरीद गरेको जग्गालाई सुढृढ र सुरक्षित गर्नका लागि सिप हस्ताण्तरण गर्दै कार्यस्थल तालिममार्फत् टेवा गारो (Retaining Walls) निर्माण गरी सहयोग प्रदान गर्ने भएको छ।

टेवा गारो निर्माण गरिने जग्गा साततल्लेको पहाडी क्षेत्रमा र पहिरोको जोखिम रहेको क्षेत्रमा अवस्थित छ। नेपालको मध्य पहाडी गाउँमध्येको सर्वाधिक सुन्दर गाउँ साततल्ले महत्त्वपूर्ण ऐतिहासिक महत्त्व समेत। त्यसैले, यहां नया बन्ने सबै संरचनाहरूको निर्माणहरू सुरक्षित भूमिमा बनाईनु अत्यावश्यक छ।

सम्पूर्ण समुदायका लागि स्थानीय सम्पदाको संरक्षणको महत्व दर्शाउनुका साथै सम्पदा डिजाईन मार्फत् सुरक्षित पुनर्र्निर्माणको महत्वका बारेमा आत्मसात गराउनु महत्वपूर्ण रहेको कुरा आत्मसात गर्दै एस.टि.एफ.सी. परियोजनाले १४ पहिचान गरिएका भूमिहीन लाभग्राहीहरुको पहिचान गरी वहांहरूलाई पुनर्निर्माणमा विशेष सहयोग प्रदान गर्ने भएको छ। यसरी प्रदान गरिने विशेष सहयोगबाट तह-तह परेको जग्गालाई तीन वटा टेवा गारोको निर्माण गरी सो जग्गा सुरक्षित र सुदृढीकरण गर्ने र घरधनीहरुलाई भूकम्पबाट सुरक्षित जग्गामा भूकम्प प्रतिरोधी घरहरू निर्माण गर्न सक्षम हुनेछन्। एस.टिएफ.सी द्वारा प्रदान गरिएको सहयोगमा सर्वे, सम्पदा अनुरूपको वास्तुकला सहितको नक्शा प्रदान गर्ने र कार्यस्थल तालिम मार्फत् काठको कलात्मक झ्यालढोका बनाउने सिप सम्बन्धि प्रशिक्षण प्रदान गरिने छ। समग्रमा, यी सेवाहरूले सुरक्षित पुनर्निर्माणलाई प्रवर्धन गर्नुका साथै बलियो निर्माण र महत्वपूर्ण पौराणीक सांस्कृतिक सम्पदाको संरक्षण समेत सुनिश्चित गर्नेछ ।२ डिसेम्बर, २०२० मा, भारतीय राजदूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारका प्रतिनिधिहरुको सहभगीतामा एस.टि.एफ.सी.द्वारा आयोजित टेवा गारो निर्माण कार्यको सिलान्यास समारोह सम्पन्न भएको थियो। समारोहमा पूजापाठ र सुभेक्षा प्रदान गरी शिलान्यास गरिएको थियो।

उदाहरण स्थापित गर्दै भिजुअलाइजेशन गाउँ :

भिजुअलाइजेशन गाउँको उद्देश्य नुवाकोटमा सुरक्षित पुनर्निर्माणमा योगदान गर्ने मात्र नभई महिलाहरुलाई पुनर्निर्माणमा प्रोत्साहन गर्नु पनि हो। भिजुअलाइजेशन गाउँ अन्तगर्तहको सम्पूर्ण समुदाय नै शत प्रतिशत महिला कामदारहरु द्वारा पुनर्निर्माण गरिएको हो। यस पहलले पाँच भूमीहीन परिवारलाई सहयोग गरेको छ। यहाँका प्रत्येक घरहरू स्थानीय महिला प्रशिक्षार्थीहरूले बलियो र सुरक्षित निर्माणका प्रविधिहरू सिक्दै र लागु गर्दै निर्माण गरेका हुन्।

कोरोना महामारीका कारणले भएको बन्दाबन्दीपछि स्वास्थ्य र स्वच्छताका अनुकरणीय उपायहरू अवलम्बन गर्दै गराउँदै स्वास्थ्य तथा सुरक्षा निर्देशिका कार्यान्वयनको प्रदर्शन गर्दै निर्माण स्थल जुलाई, २०२० बाट स्थानीय प्रशासनको अनुमति लिई पुनः सुचारु गरिएको थियो।

निर्माण कार्यले स्थानीय महिला डकर्मीहरूलाई आफ्नो घर बनाउदा नयाँ सीपहरू सिक्ने अवसर संगसंगै आय आर्जन गर्ने अवसर पनि प्रदान गरेको छ। नुवाकोटमा समुदायका महिलाहरूका लागि बजारीकरणयोग्य सीप र दक्षताको अभिवृद्दि गराउनु नै एसटीएफसी परियोजनाको एक महत्वपूर्ण विरासत (legacy) हो। समुदायका महिलाहरूले स्वयं आर्जन गरेका आय र सीपले दिक्षित र सशक्त छन्।

५ लाभग्राहीहरुको सुरक्षित घर पुनर्निर्माणको काम पूरा भएको उपलक्ष्यमा भारतीय राजदूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरू लगायत स्थानीय सरकारका प्रतिनिधिहरूले एस.टि.एफ.सी. संगै सामेल भई खड्गभन्ज्यांगको भिजुअलाइजेशन गाउँको उद्घाटन गरिएको थियो।

भौतिक दूरी कायम गर्दै आयोजना गरिएको समारोहमा भारतीय राजदूतावासका उप-प्रमुख नामग्या खाम्पा, जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामांग र विदुर नगरपालिका, वडा ३. का वडा अध्यक्ष्य बद्रिप्रसाद रिमाल द्वारा रिबन काटी संयुक्त रूपमा उद्धघाटन गरिएको थियो।

सम्मानित अतिथीहरूबाट मनत्व्यहरू व्यक्त गरिनुका साथै घरधनीहरुमाझ मिठाई वितरण गरी समारोह सम्पन्न गरिएको थियो। यससंगै, पाँच घरधनीहरू आफ्ना नयाँ सुरक्षित र मापदण्ड अनुरूपका घरहरूमा बसोबास गर्न सक्ने भएका छन् ।

27.4¡ÆC