त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउनुपर्ने राजश्व शुल्क जिल्ला प्रशासन कार्यालय नजिकै पर्ने मालपोत कार्यालय परिसरमा रहेको एनआइसि एसिया बैंकको काउण्टरमा बुझाउन पाइने व्यवस्था मिलाइएको छ ।

यसअघि प्रशासन कार्यालयमा बुझाउनुपर्ने राजश्व नेपाल बैंक लिमिटेडमा जानुपर्ने र त्यहाँ समयमै काम नहुदाँ सेवाग्राही घण्टौ कुर्न बाध्य हुनुपर्ने अबस्था अन्त्य गर्दै मालपोत कार्यालय परिसरमा रहेको एनआईसी एसिया बैंकको काउन्टरमा राजश्व दाखिला गर्न सक्ने ब्याबस्था मिलाइएको हो ।

यसअघि पटक पटक सेवाग्राहीबाट आएको गुनासो तथा गएको असोज १९ गते तादी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष केशव थापाले सामाजिक सञ्जालमा गराएको ध्यानाकर्षण पछि नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबदेखि प्रशासन कार्यालयमा बुझाउनुपर्ने रावश्व नेपाल बैंकमा नै पुग्नुपर्ने झण्झट हटाउदै एनआइसि एसिया बैंकमा नै दाखिला गर्न सक्ने ब्याबस्था मिलाउनु भएको हो ।

सेवाग्राहीको सुविधा र हितका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जिल्ला ‘प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जु’मा गरी निरन्तर रुपमा सुधार कार्य अगाडी बढाउने क्रममा अहिलेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले राजश्व दाखिलाको लागी सेवाग्राहीले भोग्नुपरेको लामो समयदेखिको समस्यालाई प्रशासन नजिकै रहेको एनआइसि एसिया बैंकको काउण्टरमा बुझाउन पाउने सुबिधा उपलब्ध गराउनुभएको हो ।

अहिलेका प्रमुख जिल्ला अधिकारी ढकाल नुवाकोटमा सेवा सुधारको लागी कार्यालयमा निःशुल्क वाईफाइ, टिभी, जेष्ठ नागरिकको लागी विश्राम स्थान, स्तनपान कक्ष, निःशुल्क फोटोकपी, तातो–चिसो पानी, मोबाइल चार्ज गर्ने सुविधा, निवेदन लेख्नुपर्ने बाध्यताको अन्त्य, चौविसै घण्टा गुनासो सुन्ने व्याबस्था, कार्यालय परिसरमा आकर्षक बगैचाँ लगायत कार्यालयको आन्तरिक पक्षमा धेरै सुधार गर्नुभएको छ ।

सेवा प्रवाह सहित जिल्ला भित्रको अन्य मानवीय चासो, शान्ति सुरक्षा, सरकारी सेवा प्रवाहको लागी पनि समन्वय र सहजिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएसगैँ उहाँ मार्फत भएका गरेका कार्यसम्पादन निकै गुणस्तरीय पाइएको छ ।

21.26¡ÆC